२०८० साल चैत १६ गते शुक्रबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, के–के विषयमा भयो छलफल ?


२० पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तथा सिट बाँटफाँटको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ ।

पुस १४ मा बसेको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनको संयोजक तोकेको थियो । ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा अन्य दलबाट सदस्य नियुक्त हुन बाँकी छ ।

सोही बैठकमा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसहित बुधबार अपरान्ह बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा काक्रयम, समसामयीक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू उपस्थित रहेका छन् ।

पुस १० मा एमाले लगायत सात दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुस २६ मा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया