२०८२ साल जेठ ११ गते शनिवार

प्रदेश स्तरीय पुरुष फुटबलको लागी जुम्लाको युवा टोली घोषणा


९ फागुन, जुम्ला । कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको लागी जुम्ला बाट प्रतिनिधित्व गर्ने युवा टिमको घोषणा गरिएको छ । केही दिनको नियमित अभ्यास र प्रशिक्षण पछि जुम्लाको युवा सम्मिलित युवा टिमको घोषणा गरिएको हो ।


जुम्लाले पहिलोपटक आयोजना गर्न लागेको प्रदेश स्तरीय पुरुष फुटबल यहि फागुन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुदैछ । यस पुरुष फुटबल प्रतियोगिताले पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौं राष्ट्रिय खेलकुदको लागी कर्णाली प्रदेशको फुटबल टिम समेत तयार हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए । 


जुम्ला बाट खेल्ने युवा टोलीमा गोल रक्षक तर्फ प्रवेश बुढ्थापा र भक्त बहादुर रोकाया छनोट भएका छन् । यस्तै, दिफेन्डर तर्फ विश्वर्न विजय शाही, केशव शाही, जीवन खत्री, महेन्द्र शाही, सङ्गम शाही छन् । मिड फिल्डको लागी गोबिन्द शाही, ध्रुव शाही र शेखर शाही छनोट भए । भने, फोर्वार्ड तर्फ कार्मा तामाङ, विशाल थापा, रुबेन भण्डारी, धर्मेन्द्र कुँवर र दल रोकाया छनोटमा पर्न सफल भएको छनोट समितिका संयोजक भरत बहादुर खत्रीले नासोलाई जानकारी दिए । 


छनोट समितिका संयोजक खत्रीका अनुसार बाहिर हल्ला आए जस्तो कुनै कुरा सत्य नभएको तर यसपटक जिल्ला बाट युवा खेलाडीहरुलाई प्राथमिकता दिएको बताए । भविष्यमा जिल्ला बाट खेल्ने टिमको परिकल्पना गर्दै यसपटक युवा खेलाडिलाई टिममा समावेश गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया