२०८० साल चैत १६ गते शुक्रबार

कर्णाली प्रदेशमा ऊर्जा मन्त्रालय भौतिकमा गाभिने


९ माघ, सुर्खेत । कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ ।

नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडि बढाउने सहमति भएको बताए ।

प्रतिक्रिया