२०८० साल मङ्सिर २२ गते शुक्रबार

वडा कप २०८०: आज पनि चार खेल हुँदै


१४ कार्तिक, जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर ४ काे आयाेजनामा जारी वडा कप फुटबल प्रतियोगितामा आज पनि चार खेल हुने भएका छन् । प्रतियोगितामा अपेक्षा भन्दा बढी टिम सहभागी भएपछि दैनिक चार खेल सम्म सञ्चालन गर्नुपरेको अध्यक्ष नवराज देवकोटाले बताए ।

आजको पहिलो खेल बिहान ८ बजे चन्दननाथ १० 'बि' र पातरासी ४ 'ए' बिच हुनेछ । दोस्रो खेल ११ बजे तातोपानी ६ 'ए' र तिला ४ 'ए' बिच हुनेछ । यस्तै, दिउँसो १ बजे आजको तेस्रो खेल तातोपानी २ 'ए' र चन्दननाथ ६ 'बि' सञ्चालन हुनेछ । भाए, आजको अन्तिम खेल पातरासी ७ 'ए' vs चन्दननाथ ७ 'बि' बिच ३ बजे हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए । 

प्रतियोगितामा जुम्ला जिल्ला फुटबल संघको प्राविधिक सहयोग र चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा टुडिखेल खेल मैदानमा सञ्चालन भइरहेको छ । यो जुम्ला जिल्लामै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता हो । जसको पुरस्कार राशि एक लाख माथी छ । 

यस प्रतियोगिताको मिडिया पार्टनरको रूपमा नासो मिडिया रहेको छ । खेल अवधिभर खेलका प्रत्येक अपडेटका लागी नासो मिडियाको आधिकारिक फेसबुक पेज लाइक र फलो गर्नुहोला ।

प्रतिक्रिया