२०७९ साल मङ्सिर १४ गते बुधबार

मेस्सी चम्किँदा जमैकाविरुद्ध अर्जेन्टिनाको सहज जित


१२ असोज, जुम्ला । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जित हात पारेको छ । उसले अफ्रिकी राष्ट्र जमैका विरुद्ध ३–० को सहज जित हात पारेको हो ।

अमेरिकाको न्यु जर्सीस्थित रेडबुल एरिनामा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा जुलियन अल्भारेजले एक गोल गरे । विश्वकप अघि निकै लयमा रहेका मेस्सीले होन्डुरस विरुद्धको खेलमा पनि दुई गोल गरेका थिए ।

खेलको ११ औं मिनेटमा अल्भारेजको गोल मार्फत अर्जेन्टिनाले अग्रता  लिएको थियो । उनले लाउटारो मार्टिनेजको पासलाई सदुपयोग गरे ।

खेलको ८६ औं मिनेटमा जियोभानी लो सेल्सोको पासलाई गोलमा परिणत गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले ३–० को सहज जित निकाल्यो । 

प्रतिक्रिया