
२४, जेठ, जुम्ला । जुम्ला गुठिचौर गाउँपालिका वडा नम्वर ५ मा एक नाबालिका माथी बलात्कार भएको छ । एक १७ वर्षीया नाबालिका माथि दुई जना युवाले बलात्कार गरेका हुन् ।
सोही वडा निवासी निवासी २ जना व्यक्तिले किशोरी माथि बलात्कार गरेका पिडितका नाबालिका परिवारले बताएका छन् । सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला उक्त किशोरि माथि बलात्कार भएको हो ।
आज पिडितका आफन्तले बलात्कार भएको भन्दै प्रहरीमा उजुरि दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गएर थप अनुसन्धान गर्दैछ । किशोरी माथि बलात्कार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा नआएको हुनाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।