२०७९ साल असार २० गते सोमबार

अर्थमन्त्री शर्माको क्षेत्रमा १३ मतले माओवादी पराजित


६ जेठ, पश्चिम रुकुम । अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा  माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयरमा निर्वाचित भएका छन् । 

महेन्द्र ६९१४ मत प्राप्त गर्दा बसन्तले ६९०१ मत पाए ।

उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर ६१४० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी ओलीले भने ५९८५ मत मात्र ल्याउन सके । 


प्रतिक्रिया