१२ असोज, एजेन्सी । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।
स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२:४० बजे मा आगलागी भएको जनाएको छ।
अग्नि नियन्त्रक घटनास्थलमा पुगेको र दिउँसो ३ बजेसम्म खोजी र उद्धार कार्य पूरा भएको विज्ञप्तिमा जनाइएको छ।
घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन्।