२८ भदौ, जुम्ला । वल्डभिजन इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपालद्वारा सञ्चालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन 'एनआरएल' अन्तर्गत कृषि पाठशाला सम्बन्धि अन्तरक्रिया तथा अनुभव सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तिला गाउँपालिका वडा नम्बर ६ तुही, वडा नम्बर ८ पुरु, रारालिहि नम्बर १ र पातारासि गाउँपालिका वडा नम्बर ५ तल्लो लोर्पामा स्थापना भएको कृषि पाठशालाको अनुसन्धान तथा अवोलोकन गरि रारामा गएर उक्त कार्यक्रमको समापन गरिएको हो । गाउँपालिकामा स्थापना भएका पेश नेपाल, किर्डाक नेपाल द्वारा सञ्चालित भकारी परियोजना र किर्डाक नेपालको सहजिकरणमा स्थापना भएका उक्त कृषि पाठशालाहरु सिकाइ केन्द्रको अवलोकन गर्नुको साथै सीप सिकाइएको कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले बताउनुभयो ।
पाठशाला सम्बन्धी अन्तरक्रिया तथा सीप सिकाई आदानप्रदान कार्यक्रममा तिला गाउँपालिकाका तीन वटा वडा र पातारासी गाउँपालिकाको एक वडा गरेर चार वटा वडाका चार समुहका जम्मा १२५ कृषकहरुको उपस्थित रहेको थियो । सिकाई आदान प्रदान कार्यक्रमा बोल्दै भण्डारीले प्रत्येक कृषक समुहले स्थापना गरिएका कृषि पाठशालालाई व्यावस्थित एवम् दिगो सञ्चलन हुने गरी समुदायमा सिकाइ केन्द्रको स्थापना गर्नु मुख्य उदेश्य रहेको साथै सबै कृषकले आफुले सिकेका सिपहरुको कार्यन्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पातारासी गाउँपालिका वडा नम्बर ५ तल्लो लोर्पा अबस्थित मिलन तरकारी उत्पादन समुहका अध्यक्ष चुटुकला बुढाका अनुसार यो भन्दा पहिला आफुहरुले कृषि पाठशाला के हो भन्ने समेत थाहा नपाएको हुदा सामान्य घर खर्च चलाउनका लागी मात्र जानी नजानी कृषि गर्ने गरेको बताउनुभयो । उहका अनुसार अहिले किर्डाक नेपाल जुम्लाले कृषि सम्बन्धी तालिम दिदा धेरै राहात भएको छ ।
उहाले भन्नुभयो, "पहिला आफ्नो घरपरिवारलाई पाल्ल पनि भ्याइ नभ्याइ हुन्थ्यो तर अहिले मौसमी तथा बेमौसमी तरकारी लगाएर वर्षमा मनग्य आम्दानी गर्छौं ।"
जुम्लाका महिलाहरु कृषि क्षेत्रका अग्रसर तथा आत्मनिर्भर भएको देख्दा गर्व महसुस भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्री भण्डारीले बताउनुभएको छ । आगामी दिनहरुमा पनि यस्तै सहकार्य र समन्वय गरेर जिविकोपार्जन सँगै आर्थिक पाटोलाई वृद्धि गर्न हातेमालो गदै जाने बताउनुभयो ।