२०८१ साल ब‌ैशाख २३ गते अाईतबार

ब्राउन सुगर सहित जुम्लामा तीन जना पक्राउ


७ असार, जुम्ला । लागुऔषध ब्राउन सुगर सहित जुम्लामा तीन जना व्यक्ति पक्राउ परेका छन् । बुधबार उनीहरु तीनै जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनएको छ ।

प्रहरीले जुम्ला जिल्ला तिला गाउँपालिका वडा नम्बर २ घर भई हाल चन्दननाथ नगरपालिका वडा नम्बर ४ भारतीवाडा कोठा भाडा लिई बस्ने २६ वर्षका प्रकाश बोहरा, कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई शंङ्का लागि चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी पक्राउ गरेको हो । 

निजहरुलाई रीतपूर्वक खानतलासी गर्दा शुद्ध तौल ४० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको हो । प्रहरीले सोधपुछको क्रममा निजहरुले उक्त लागूऔषध चन्दननाथ नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय मनोज सुनार बाट किनि ल्याएको भनेकाले निजलाई समेत पक्राउ गरीएको प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाय समेतको टोलिले निजहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया