२०८१ साल ब‌ैशाख २२ गते शनिवार

४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा जुम्लामा वक्तित्वकला प्रतियोगिता सम्पन्न


७ साउन, जुम्ला । ४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा अनेरास्ववियु जुम्लाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ४५ औं स्मृति दिवसको अवसर पारेर जुम्ला बहुमुखी क्याम्पसको सभाहलमा प्रतियोगिता गरेको अनेरास्ववियु केन्द्रिय सदस्य एवम् जुम्ला इन्चार्ज विराज भण्डारीले जनाए । 

प्रतियोगितामा ऋणमोक्ष माध्यामिक विद्यालय डिल्लिचौरकी छात्रा उर्मिला रावतले प्रथम स्थान हासिल गरिन् । यस्तै, जनता माध्यमिक विद्यालयका छात्र मुस्कान डाँगीले द्वितीय स्थान हासिल गर्दा सीता माध्यमिक विद्यालय रारालिहिकी छात्रा सुष्मा हमालले तृतीय स्थान हासिल गर्न सफल भए । साथै जयरत्न कर्णाली बोर्डिङ स्कुलकी छात्रा सक्षिना शाहीले सान्त्वना पुरस्कार प्राप्त गरिन् । 

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरि सबैलाई ट्रफी, मेडल, प्रमाणपत्र र कापी कलम पुरस्कार प्रदान गरिएको विराज भण्डारीले बताए । 

कार्यक्रममा बोल्दै उनले भने, "हाम्रो राजनीति रचनात्मक र परिवर्तनको लागी हो । हामी हाम्रो अभियानमा सहि छौं । हाम्रो संगठन विद्यार्थी सँगै हातेमालो गर्दै विद्यार्थीका समस्या, हकहित र बहुपक्षीय विकासको लागी लागिपरेका छौँ ।"                              

केही दिन अगाडि अनेरास्ववियुले जुम्लाका विभिन्न विद्यालयमा गएर कलिला उमेरका विद्यार्थीहरुलाई राजनीति गर्न लगाएको आरोप लागेको थियो । यद्यपि अनेरास्ववियु जुम्लाले भने यो राजनीति नभएर विद्यार्थीलाई आफ्ना अधिकारका लागी सचेत र जागरुक गराउन अभियान थालिएको बताएको छ ।

साथै आगामी दिनम अझ थप रचनात्मक र उत्कृष्ट कार्यक्रम सहित विद्यार्थी माझ जाने अनेरास्ववियुले जनाएको छ । 

प्रतिक्रिया