
१२ चैत, जुम्ला । इन्टरनेट बिना मानिसहरुलाई समय बिताउन अहिलेको अवस्थामा धेरै गाह्रो भएको छ। आज सबैसँग स्मार्टफोन छ र इन्टरनेट प्याक यसमा सम्मिलित छ। धेरै पटक मोबाइल फोनको इन्टरनेट ढिलो हुँदा वा नेटवर्कमा समस्या हुँदा मानिसहरूले वाईफाई प्रयोग गर्छन्।
पब्लिक वाइफाइ सुविधा काठमाडौंका जस्ता शहरहरूसहित देशका विभिन्न स्थानहरुमा पनि उपलब्ध छ। आवश्यकताको समयमा सार्वजनिक वाईफाई प्रयोग गर्दा हामीलाई धेरै मद्दत गर्न सक्छ। तर कहिलेकाहीँ यो जोखिमपूर्ण पनि हुन सक्छ।
आज हामी तपाईलाई पब्लिक वाईफाई प्रयोग गर्दा ध्यान दिनु पर्ने केहि कुराहरु बताउने प्रयास गर्ने छौँ।
सार्वजनिक वाईफाईमार्फत ह्याकरहरूले सजिलैसँग तपाईंको डाटा वा मोबाइल फोनमा पहुँच गर्न सक्ने भएकाले यी कुराहरूलाई ध्यानमा राख्नुपर्छ। सार्वजनिक वाइफाइ एक खुला नेटवर्क हो जुन सबैको लागि पहुँचयोग्य छ।
स्वचालित कनेक्सन बन्द गर्नुहोस्
अटोमेटिक वाइफाइ नेटवर्कको विकल्प अन गर्नुको फाइदा यो हो कि जब तपाई सार्वजनिक वाइफाइ भएको क्षेत्रमा हुनुहुन्छ, तपाई तुरुन्तै त्यो वाइफाइमा जडान हुन सक्नुहुनेछ र राम्रो इन्टरनेट स्पिडको मजा लिन सक्नुहुन्छ। तर अर्कोतर्फ, यसको नकारात्मक प्रभाव भनेको ह्याकरहरूले सजिलैसँग तपाइँको संवेदनशील जानकारी प्राप्त गर्न सक्छन् किनकी तपाइँ सार्वजनिक वाईफाईमा कनेक्ट जडान हुनुहुन्छ।
विश्वसनीय नेटवर्कहरूमा मात्र जडान गर्नुहोस्
सार्वजनिक वाईफाई प्रयोग गर्दा सधैं विश्वसनीय नेटवर्क प्रयोग गर्नुहोस् किनकी धेरै पटक ह्याकरहरूले आफ्नो हटस्पटको नाम फ्री-वाइफाइ राखेर ह्ययाक गर्ने प्रयास गर्छन् र त्यसपछि तिनीहरूले त्यस मार्फत मानिसहरूको जानकारी चोर्छन्।
बैंकिङ साइटहरू नखोल्नुहोस्
सार्वजनिक वाईफाई प्रयोग गर्दा, बैंकिङ वेबसाइट वा अन्य कुनै वेबसाइटमा व्यक्तिगत जानकारी आदि प्रविष्ट नगर्नुहोस्, र लगइन गर्ने प्रयास नगर्नुहोस्। यो किनभने ह्याकरहरूले सजिलैसँग खुला वा पब्लिक वाईफाईमा तपाईंको डाटा हेर्न सक्छन्।
साझेदारी बन्द गर्नुहोस्
सामान्यतया मानिसहरूले कार्यालयहरूमा वाईफाईमार्फत फाइलहरू र फोल्डरहरू साझेदारी गर्छन्। यसले उत्पादनमूलक काम गर्न मद्दत गर्छ। तर यदि तपाईले पब्लिक वाईफाईमा यस्तै काम गर्नुभयो भने त्यो खतरनाक साबित हुन सक्छ। यो किनभने वाईफाईसँग शेयर गरिएका फाइलहरू र फोल्डरहरू त्यो वाईपाईमा कनेक्ट भएका जो कोहीले देख्न सक्छन्।
भीपीएनको प्रयोग
सार्वजनिक वा निशुल्क वाइफाइ प्रयोग गर्दा सचेत हुनुपर्दछ। यस्तोमा तपाईँले आफ्नो सुरक्षाको लागि भीपीएनको समेत प्रयोग गर्न सक्नुहुन्छ। भीपीएनले तपाईँको ब्राउजर डाटा र लोकेसन बाईपास गर्ने हुँदा यसले केहि हदसम्म तपाईँको डाटा र गोप्य जानकारीलाई सुरक्षित बनाउँछ।