२०८१ साल असोज २९ गते मङ्गलबार

एमाले नेता द्वारा होटलमा तोडफोड गर्दै ज्यान मार्ने धम्की, पक्राउ गर्न गएको प्रहरी मुखदर्शक


१२ मंसिर, जुम्ला । नेकपा एमाले जुम्ला जिल्ला कमिटी सदस्य लालबिर नाथ योगीले एक होटलमा राती आएर हुलदङ्गा गरेर तोडफोड गर्नुको साथै होटल मालिककलाई ज्यान मार्ने धम्की दिएका छन् । 

गत आइतबार राती तिला गाउँपालिका - ३,  कुडारीमा रहेको न्यु त्रीवेणी होटल एण्ड गेष्टमा आएर खाना खाने निहुमा होटल मालिक सँग विभिन्न बहानामा झगडा गर्दै तोडफोड गरेका हुन् । होटल सञ्चालकका अनुसार लालबिर नाथ योगी राती अबेर आएर  खाना खाने भन्दै होटल खोल्न लगाए । उनी आउदा पनि रक्सिले मातेको र पछि पनि बाहिर बाट रक्सी र मासु ल्याएर बनाउन लगाए । 

त्यसपछि खाने खादै होटल मालिक सँग रक्सी नभएको बहाना बनाई झगडा गर्न थाले । होटल मालिक लंक नाथ योगीका अनुसार उनी पहिले देखि नै होटलमा आएर धम्काउने, रक्सी माग्ने अपरिचित व्यक्तिहरुलाई ल्याएर खुवाउने, कहिले होटलमै सुत्ने गरेका थिए । यसरी गुण्डागर्दी शैलीमा आएर खाने र सुत्ने गरेको तर कहिलै पैसा नदिने गरेको बुझिएको छ । 

उक्त राती उनी खाना खान नभई झगडा गर्ने निहुमा आएको होटल सञ्चालकले बताए । पहिला पनि बारम्बार आएर गुण्डागर्दी शैलीमा धम्काउने, रक्सी माग्ने र छैन भन्दा धम्काउने गरेका थिए । त्यसो गर्नुको कारण उतिबेला नै झगडा गर्न खोजेको होटल सञ्चालकले बताए । तर आइतबार राती सुतिसकेको तर खाना खाने भन्दै उठाएर एक्लै देखेर आफुलाई हातपात गरेको र ज्यान मार्ने तरिकाले हानेको ढुङ्गा लागेर होटको झ्याल, ढोका र सिसा फुटेको उनको भनाइ छ । लालबिर नाथ योगी र उनका भाइ नेकपा एमाले गाउँ कमिटी सदस्य धने नाथ योगी मिलेर होटलमा तोडफोड गरेका हुन् । 

तोडफोड गर्ने क्रममा जुम्लाका डिएसपी, प्रहरी, सिडियो र वकिल सबै आफ्नो पकेटमा रहेको र कसैले केही गर्न नसक्ने बताएका थिए । साथै आफू नेकपा एमालेको नेता भएको दम्भ देखाउदै आफुलाई पक्राउ गर्न चुनौती दिएका थिए । 

यसैगरी प्रहरी आफ्नो पकेटमा छन् भन्दै तोडफोड र ज्यान मार्ने हिसाबले हमाला गर्ने उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हिजो सोमबार उनको विरुद्धमा प्रहरी चौकी कुडारीमा उजुरी परेको थियो । उनलाई पक्राउ गर्न भन्दै चौकी बाट गएको टोलि उनलाई देखेर पनि पक्राउ नगरेर फर्केको प्रत्यक्षदर्शीले बताएका छन् । यस विषयमा बुझ्न खोज्दा डिएसपी प्रल्हाद कार्किले आफुले पक्राउ गर्न आदेश दिएको बताए । तर आरोपित देख्दादेख्दै पक्राउ नगरेको भन्ने विषयमा आफुलाई जानकारी नभएको बताए । 

यसरी आरोपित लालबिर नाथ योगीलाई देख्दादेख्दै गएको प्रहरीले पक्राउ नगर्नु र उनले उल्टै प्रहरी आफ्नो पकेटमा भएको धम्की दिनुले यो कुराले मिलेमतोको पुष्टि हुने पिडित पक्षले बताएका छन् । 

प्रतिक्रिया