२०८२ साल ब‌ैशाख १४ गते अाईतबार

उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प


३० माघ, जुम्ला । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो ।


यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।


जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार यहाँको उर्थु चौतारा केन्द्रबिन्दु भएर भुकम्प गएपनि कुनै पनि क्षति भएको छैन । उर्थु चौतारामा प्रहरी चौकी नै छ । उनले, भने प्रहरी चौकीमा बुझ्दा कुनै क्षति देखिएको छैन ।


नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया