२०८० साल जेठ १६ गते मङ्गलबार

जापानमा भूकम्पः दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा



३ चैत, टोकियो । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ। भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन्। पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले पुयाएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।

भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन्। भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ।

प्रतिक्रिया