मधुराज न्यौपाने
२४ माघ, जुम्ला । वल्ड भिजन इन्टरनेशनल को आर्थिक सहयोग तथा किर्डाक नेपालको आयोजनामा तिला गाउँपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुका कृषकहरुलाई एक दिने अभिमुखिकरण तालिम दिइएको छ ।
तालिममा तिला गाउँपालिकाको विभिन्न वडाका गरि ४ जना कृषक, त्यस्तै तातोपानी गाउँपालिकाको विभिन्न वडाका गरि ९ जना कृषक र पातारासी गाउँपालिकाको विभिन्न वडाका गरि १४ जना र गुठिचौर र चन्दननाथ नगरपालिकाका २८ गरि जम्मा ५५ जना कृषकहरुलाई कृषि औजार प्रयोग सम्बन्धि तालिम दिइएको आयोजक किर्डाक नेपालले बताएको छ ।
साथै प्रति किसानलाई एक पिस ग्रीनहाउस, दुई पिस हजारी, एक पिस त्रीपाल, दुई पिस क्यारेड, दुई पिस सिचाइ पाइप र दुई पिस कोदालो लगायतका औजार पनि वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै किर्डाक नेपालका फिल्ड अफिसर सरु महतका अनुसार कृषि तथा पशुपालन खाद्य प्रणालीमा सुधार ल्याउन, परिवारमा आउने वाधा समस्याहरुको पहिचान गर्न र जिविकोपार्जनका लागी जोखिममा परेका परिवारहरुको समस्या समाधान गर्न यो तालिम निकै उपयोगी रहेको बताउनुभयो । उहाँले सबै कृषकलाई तालिमलाई यतिकैमा मात्र सिमित नराखी आफुले सकेजतिको र जाने जतिको सीप तथा ज्ञान प्रयोग गरि व्यवहारमा लागू गर्न र कृषि क्षेत्रलाई अगाडि बढाउन सम्पुर्ण कृषकहरुलाई आग्रह समेत गर्नुभएको छ ।
कृषि सामाग्रीह तथा उक्त एक दिने अभिमुखिकरण कार्यक्रमको सहजिकरण प्रशिक्षक चन्दननाथ वडा नम्बर ७ का जनक बहादुर महतले गर्नुभएको थियो । उहाका अनुसार फलफूलको लागि ग्रीनहाउसको लम्बाइ १० मिटर र चौडाइ ५ मिटर तथा उचाई ८ मिटर जतिको हुनुपर्छ । त्यस्तै तरकारि खेतिको लागी भने ठाउँ अनुसार को लम्बाइ तथा उचाई भए पुग्ने उहाले बताउनुभयो ।