२०८० साल जेठ १६ गते मङ्गलबार

जथाभावी बोल्दा राहुल गान्धीको सांसद पद खारेज, भारतको राजनीति तरङ्गित


११ चैत, नयाँ दिल्ली । भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको लोकसभा सांसद पद खारेज भएको छ ।

लोकसभा सचिवालयले शुक्रवार एक सूचना जारी गर्दै गान्धीको सांसद पद खारेज भएको जनाएको छ । ‘मोदी’ थरमाथि अपमानजनक अभिव्यक्ति दिएको आरोपमा गान्धीलाई अदालतले २ वर्ष जेल सजाय सुनाएपछि उनको पद खारेज भएको हो ।

भारतीय संविधानको अनुच्छेद १०२(१) र जनप्रतिनिधित्व अधिनियम १९५१ मा जेल सजाय भएका सांसदको पद खारेज हुने प्रावधान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सजाय कायमै रहे उनी ६ वर्ष उम्मेदवार समेत हुन नपाउने भएका छन् । गान्धीलाई सूरतको अदालतले दोषी ठहर गरेको हो ।

सूरत अदालतको सजायविरुद्ध गान्धीले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछन्, जसका लागि ३० दिनको समय दिइएको छ ।

गान्धीको पद नै खारेज भएपछि भारतको राजनीति तरङ्गित बनेको छ । सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूले थरिथरि प्रतिक्रिया दिइरहेका छन् । 

प्रतिक्रिया