२०८० साल मङ्सिर २२ गते शुक्रबार

जुम्लामा 'प्रथम अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता' हुने


२१ कार्तिक, जुम्ला । जुम्लामा 'प्रथम अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता' हुने भएको छ । २०८० सालको शुभ दिपावलीको अवसरमा लेकाली युवा क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगिता कार्तिक २५ गतेदेखि सञ्चालन हुनेछ । कार्तिक २४ गते बेलुकी पाँच बजेसम्म टिम दर्ता गर्न सकिनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ट्रफिसहित रु. ८०,०००/- प्राप्त गर्नेछ । भने, दोस्रो हुने टिमले रु. ३५,०००/- प्राप्त गर्नेछ । 


यतिबेला जुम्लामा फुटबलको माहोल बनिरहेको अवस्थामा यस प्रतियोगिताले फुटबल खेलाडी र फुटबल प्रेमिलाई मनोरञ्जन दिनुको साथै फुटबल खेललाई व्यवसायीकरणमा सहयोग पुर्याउनु रहेको  लेकाली युवा क्लबका अध्यक्ष सन्तोष खत्रीले नासोलाई बताए । 

लेकाली युवा क्लबका पुर्व खेलाडी एवम् सचिव स्वर्गीय अमृत शाहीको सम्झनामा फुटबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष खत्रीले जानकारी दिए ।  

प्रतिक्रिया