२०८० साल चैत १६ गते शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना, अस्पताल भर्ना हुँदा यस्तो भने

एजेन्सीको सहयोगमा ।  अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ भएपछि आफ्नो घरमै आइसोलेसनमा बसेका थिए । तर अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मेरिल्याण्डको वाल्टर रीड हस्पिटलमा भर्ना गरिएको छ ।

ट्रम्पमा ज्वरो र श्वास प्रश्वास जस्ता समान्य समस्या देखिएकोले अस्ताल भर्ना गरिएको बताइएको छ । उनी अबको केहि दिन अस्पतालमा रहने छन् ।

ट्रम्पको जिम्मेवारी अब उप राष्ट्पति माइक पेन्स र सीनेट स्पीकरले सम्हाल्ने भएका छन् ।

उनले शुक्रवार अस्पताल पुगेपछि १८ सेकेण्डको भिडियो बनाउँदै म ठीक छु भनेका थिए । उनी शुक्रवार नै हेलिकप्टरबाट अस्पताल पुगेका थिए ।

प्रतिक्रिया