२०७९ साल जेठ ७ गते शनिवार

सुर्खेतमा अनिश्चितकालीन यातायात बन्द


९ चैत, सुर्खेत । यातायात व्यवसायीहरुले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन् ।

आज बिहानैदेखि व्यवसायीहरुले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरुको भने विचल्ली भएको छ । मुख्यगरी नीजि (रातो नम्बर प्लेट) का सवारीहरुले खुलेयाम यात्रुहरु ओसार्ने कार्य गरेकाले व्यवसायीहरुले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले नेपालीरैबारलाई जानकारी दिए ।

उनका अनुसार बुधबार बिहानदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । ‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरुले संयुक्त रुपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाई भएन्,’ सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले भने ।

‘एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन्, सार्वजनिक सवारीमा जानु पर्ने यात्रुहरुलाई प्रहरीकै अघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन् यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउनु । अव नीजिले नै यात्रुहरु बोक्छन् हामी गाडी चलाउँदैनौं ।’

प्रतिक्रिया