२०७९ साल जेठ ७ गते शनिवार

नयाँ वर्षको संकल्प


१ वैशाख, जुम्ला । मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु, यहाँ सम्म कि केही त मूर्खतापूर्ण तरिकाले मर्दछन् ।

अहिलेको समयमा कुनै पनि चीज लोकप्रिय हुनको लागि त्यो मूर्खतापूर्ण हुनुपर्ने भएको छ । उत्सव र पर्व भन्ने बित्तिकै हामीमा जुन धारणा रहेको छ, के हामीले त्यसमा पुनः विचार गर्नुपर्दैन ।


हामी केही सार्थक र अर्थपूर्ण चीजको आनन्द लिन सकौँ ? आउँदो वर्षमा आफूभन्दा केही विशाल चीज साकार हुन दिनको लागि के तपाईंमा प्रतिबद्ध रहने आँट छ ? अरू सबै जीवहरू आफ्नो प्रवृत्ति अनुसार काम गर्छन्, बाँच्छन् अनि प्रकृतिको नियम अनुसार मर्छन् ।


मनुष्य हुनुको अर्थ यो हो कि हामी प्रकृतिका साधारण नियमहरूभन्दा माथि उठी केही यस्तो चीजलाई साकार बनाउन सक्छौँ, जुन हामीभन्दा विशाल छ । तपाईंमा सम्भावना छ- यसको लागि प्रयास गर्ने र यसलाई साकार बनाउने । ′यो मेरो, यो तेरो′ जस्ता धारणाहरूले आफ्ना सीमितता र कमजोरीहरूलाई अझ बलियो नबनाउनुहोस् ।


आफूभित्रका व्यर्थ चीजहरूलाई तपाईं आफैंले हटाउनु पर्नेछ । हामीले तपाईंलाई त्यसमा तबमात्र सहयोग गर्न सक्छौँ, जब तपाईं आफूलाई कृपाको लागि उपलब्ध बनाउनुहुन्छ ।

आउँदा केही दिनहरूमा, तपाईं आफूभित्रबाट यस्ता चीजहरूलाई उक्काउनु होस्, जुन लामो समयदेखि तपाईंभित्र टाँसिएको छ । जुन न त उपयोगी छ, न त तपाईंको लागि राम्रो नै । सदगुरुको प्रवचनमा आधारित

प्रतिक्रिया