२०८२ साल ब‌ैशाख १३ गते शनिवार

३३ जना महिला स्वयंसेविकालाई पोषण तालिम प्रदान


७ फागुन, जुम्ला । पोषण मैत्री स्थानीय शासन सम्बन्धी स्वयम सेबिकाहरुलाई एक दिने अभिमुखिकरण तालिम दिइएको छ । वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको साझेदारीमा पहिलो दिन २० जना र दोस्रो दिन १३ जनालाई दिने पोषण तालिम दिइएको हो ।


पोषण मैत्री स्थानिय शासन बनाउन स्वम सेविकाहरुको पनि महत्त्वपूर्ण भुमिका रहने हुँदा यो तालिमको दिइएको आयोजकले जनाएको छ । विकसित ठाउँहरुमा भन्दा ग्रामीण गाउँमा कुपोषण भएका बालबालिकाहरु धेरै हुने भएकोले बालमैत्री वडा घोषणा गर्नलाई स्वयंसेविकाहरुले कम्तिमा १६ वटा सुचक पुरा गर्ने पर्ने हुन्छ । 


चन्दननाथ नगरपालिका वडा नम्बर  ३ र १० का कुल ३३ जना महिला स्वयंसेविकाहरुलाई पोषण भनेको के हो, पोषणयुक्त खानाहरुको प्रयोग कसरी गर्ने, आफ्नै खेत बारिमा उत्पादन भएका अर्गानिक बालिहरु पनि पोषणयुक्त हुने हुँंदा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा महत्त्वपूर्ण तालिम दिइएको हो ।


कार्यक्रमका प्रशिक्षक जग्गिप्रसाद धितालका अनुसार महिला स्वयं सेविकाहरुले पोषण सम्बन्धि थुप्रै कुराहरु सिकेका भएपनि थप नयाँ कुराहरु सिकाइएको बताए । उनले महिला स्वयं सेविकाहरुले रातदिन नभनि आफ्नो दिलो ज्यान दिएर  निस्वार्थ तरिकाले जनताको सेवा गर्ने गरेको जिकिर गरे । यसैले स्थानीय तहको निति, योजना, कार्यक्रम र कार्य प्रक्रियामा पोषण संवेदनशील हुने भएकोले कार्यक्रम समावेश गरि सबै व्यक्तिमा सेवा प्राप्तिको वातावरण सृजना गर्ने महत्त्वपूर्ण भुमिका  महिला स्वयंसेविकाहरुको हुने भएको यस्तो तालिम महत्वोपुर्ण हुने बताए । 


कार्यक्रममा बोल्दै  किर्डाक नेपालका सामाजिक परिचालक  गँगा महतका अनुसार सबै व्यक्तिको शारीरिक, बौद्धिक, तथा दुर्गम भेगका सामाजिक बिकासको लागि आवश्यक पर्ने सबै प्रकारका पोषण तत्वहरु  उपलब्धताको सुनिश्चित हुने गरि मानव पुजीको बिकास गर्न संचालित शासन प्रणाली नै पोषण मैत्री शासन भएको बताइन् । उनले कुनै पनि स्थानिय तहलाई पोषण मैत्री स्थानिय शासन  घोषणा गर्न  स्वयंसेविकाहरुको भुमिका धेरै हुने गर्दछ । त्यसैले भोलिका दिनहरुमा आफ्नो वडा अथवा पालिकालाइ पोषण मैत्री शासन घोषणा गर्नलाई आफुले तालिममा सिकेका कुरा हरुलाई आफ्नो वास्तविक जिबनमा लागु गरि समाजमा आफ्नो देन दिन सुझाव दिइन् ।


कार्यक्रममा उपस्थित महिला स्वयंसेविका राधिका कठायतले महत्त्वपूर्ण तालिमको लागि किर्डाक नेपाललाई आभार प्रकट गर्दै एक दिने पोषण मैत्री स्थानीय शासन प्रणाली तालिममा सहभागी  हुन पाउदा आफुले नयाँ कुराहरु सिक्ने मौका पाएको सुनाइन् । आफुहरु पुरानै तरिकाले गाउघरमा पोषण सम्बन्धि कुराहरु सिकाउने गरेको तर अहिले नयाँ कुराहरुले धेर ज्ञान प्राप्त गरेको बताइन् ।

प्रतिक्रिया