२०८२ साल असार २४ गते मङ्गलबार

जलवायु मैत्री कृषि सम्बन्धि ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

८ वैशाख, जुम्ला । किर्डाक नेपाल जुम्लाको आयोजना र वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जलवायु मैत्री कृषि सम्बन्धि ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । जलवायु मैत्री कृषि प्रणालीको बारेमा किसानहरुको ज्ञान सिपमा अभिवृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको फिल्ड अफिसर मेलिना बुढाले बताइन् । 


तीन दिने कार्यक्रममा चन्दननाथ नगरपालिका ब्व्ट २ जना, तातोपानी गाउँपालिका बाट ४ जना, गुठिचौर गाउँपालिका बाट २ जना, पातरासी गाउँपालिका बाट ४ जना र तिला गाउँपालिकाको विभिन्न वडा गरि १२ जना गरि कुल २४ स्थानीय स्रोत व्यक्तिहरुलाई तालिम दिइएको अयोजकले जनाएको छ । तीन दिन सम्म सञ्चालन गरिएको तालिममा सैद्धान्तिक ज्ञान र स्थानीय स्तरमै गएर नमुना तालिम पनि दिइएको फिल्ड अफिसर बुढाले बताइन् । 


तालिममा कृषि विकास कार्यालय जुम्लाका वागबानी विकास अधिकृत तिर्थराज देवकोटाले सहजीकरण गरेका थिए । प्रशिक्षक देवकोटाका अनुसार जलवायु र मौसम बिच भिन्नता, जलवायु परिवर्तनका कारण, असर, अनुकूलन र न्यूनीकरणका उपायहरू सम्बन्धि सिकाइएको हो । 


यस्तै, स्थानीय स्तरमै कृषले प्रयोग गर्ने विधिहरु - झोल मल, गड्योली मल, गोठ सुधार, आकासे पानी संकलन विधि, थोपा सिचाइ, लिफ्ट सिचाइ, रैथाने बालिको प्रवर्द्धन, गरा सुधार, कृषि वन प्रणाली, वन डढेलो नियन्त्रण लगायतका विविध विषयमा पनि तालिम प्रदान गरिएको बताए । 


किर्डाक नेपाल जुम्लाकी फिल्ड अफिसर मेलिना बुढाका अनुसार जलवायु मैत्री कृषि प्रणालीको बारेमा किसानहरुको ज्ञान सिपमा अभिवृद्धि गर्ने गर्ने उदेश्यले स्थानीय स्रोत व्यक्तिहरुलाई तीन दिने तालिम प्रदान गरिएको हो । यसले कृषकहरूलाई स्थानीय स्रोतहरुको पनि उपयोग गर्न प्रोत्साहन गर्ने, जलवायुका असर र स्थानीय स्तरमै जलवायु परिवर्तनका असरको न्यूनीकरण गर्न सहयोग पुग्ने बताइन् । 

प्रतिक्रिया