२०७९ साल जेठ ७ गते शनिवार

जुम्लामा चुनावको तयारी पूरा, सूचना सम्प्रेषणका विषयमा पत्रकार सँग छलफल


२८ वैशाख, जुम्ला । अब स्थानीय तहको चुनाव हुन दिन मात्रै बाकी छ । हिजो राति मध्यान्ह देखि मौन अवधि सुरु भइसकेको छ । जुम्लामा एक नगरपालिका र आठ गाउँपालिका गरि आठ ओटा स्थानीय तहको लागी निर्वाचन हुदैछ ।

जिल्लामा निर्वाचनको तयारी पूरा भइसकेको र सबै मतदान केन्द्रमा मतपेटिका र निर्वाचन अधिकृत लगायतका कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसबीच निर्वाचनमा सहज ढङ्गले समाचार सम्प्रेषणको लागी जिल्लाका पत्रकारहरु सँग छलफल गरिएको छ । मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिँहले पत्रकारहरुलाई आधिकारिक सूचना सम्प्रेषणमा ध्यान दिन विशेष पत्रकारहरुलाई आग्रह गरे ।

यस्तै, पत्रकारहरुलाई मतगणना स्थलमा कसरी सहज वातावरणमा प्रवेश दिनए भन्ने विषयमा समेत छलफल भएको थियो । मिडिया हाउसका आधिकारिक परिचयपत्रका आधारमा पत्रकारलाई मतगणना स्थलमा प्रवेश दिइने र जनतालाई सूचना दिइने कुरामा कुनै वाधा नहुने सिँहले बताए ।

प्रतिक्रिया