२०७९ साल असोज १३ गते बिहिबार

तिलाका महिला किसानलाई मकै र सिमि रोप्ने मेसिन वितरण


१५ साउन, जुम्ला । वल्डभिजन इन्टरनेशनल नेपालको आर्थीक सहयोग र किर्डाक नेपाल जुम्लाको समन्वयमा प्रोटोबल मेसीन वितरण गरिएको छ । तिला गाउँपालिका वडा नम्बर ९ र वडा नम्बर ६ का किसानलाई यो मेसीन बितरण गरिएको हो । 

जुम्लाका किसानलाई खेतीपाती गर्न सहज होस भन्ने हेतुले यो प्रोटोबल मेसिन बितरण गरिएको किर्डाक नेपालका जुम्लाका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लाका महिला बढी खेती पातीमा संलग्न हुने भएकाले कृषि गर्ने महिलाहरुलाई सहज होस् भन्नका लागि यो मेसीन उपलब्ध गराईएको बताउनुभयो । भण्डारीले भन्नुभयो, "यो प्रोटोबल मेसिनले मकै र सिमी लगाउन सकिन्छ ।"

भण्डारीका अनुसार खेतिगर्ने गडामा गोरु नजोतेरै यो मेसीनले सजिलै मकैर र सिमी लगाउन सकिने र मल पनी हाल्न सहज हुन्छ । यो मेसीन सानो र हलुङ्गगो हुने भएकाले जो कोहीले पनी प्रयोग गर्न सक्ने भएकाले गाउँतिरका बस्तीमा निकै प्रभावकारी हुने उहाँको बुझाइ छ ।

तिला गाउँपालिका वडा नम्बर ९ रासा मालापानी र वडा नम्बर ६ घोडे र सुडीका चार वटा समुहलाई यो मेसीन वितरण गरीएको हो । एउटा समूहलाई १३ वटा  मेसिन वितरण गरेको बताउदै एक मेसिनको चार हजार तिनसय चौरासी रुपैयाँका दरले जम्मा १३ वटा मेसिनलाई ५७ हजार बराबरको पर्छ । ४ वटा समूहलाई ५२ वटा मेसिन उपलब्ध गराउँदा २ लाख २७ हजार ९ सय ६८ रुपैया बराबरको सामान वितरण गरिएको भण्डारीले बताउनुभयो ।

यस्तै किर्डाक नेपाल जुम्लाका समाजिक  परिचालक अजीत थापाका अनुसार यो मेसीनलाई राम्म्रो संग सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।थापाले भन्नुभयो, सितैमा पाएको सामान  भनेर लापरबाही नगरी सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँका महिला दिदि बहिनिहरुलाई काममा समस्या हुने र पुरुष सधैभरी घरमा नबसी ब्यापारमा जाने भएकाले कृषि गर्ने महिलाहरुलाई सहज होस भनेर मेसिन दिईएको हो ।

प्रतिक्रिया