२०८० साल मङ्सिर २२ गते शुक्रबार

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दै


२२ असोज, काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ। उत्कृष्ट फममाको रहेको नेपाल उच्च मनोबलका साथ आज हुने फाइनलमा उत्रिनेछ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल सिरिजको फाइनल प्रवेश गरिसकेको थियो ।

नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

प्रतिक्रिया