२०८० साल मङ्सिर २२ गते शुक्रबार

वडा कप २०८०: चन्दननाथ नगरपालिकाका २, ५ र १० नम्बर वडा क्वाटरफाइनल प्रवेश


१६ कार्तिक, जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा जुम्लामा जारी वडा कप फुटबल प्रतियोगितामा आज पनि तीन टिम क्वाटरफाइनल प्रवेश गरेका छन् । 

आज सम्पन्न तीन ओटा क्वाटरफाइनल बाट चन्दननाथ नगरपालिका वडा नम्बर ५ 'बि' टिमले गुठिचौर गाउँपालिका वडा नम्बर ४ 'ए' लाई २ - १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । खेलक पहिलो हाफमा गुठैचौरको लागी सुदिप थापाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चन्दननाथ २ को लागी जनक भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको केही समयपछि नवीन बुढ्थापाले गोल गर्दै टिमलाई उत्कृष्ट जित दिलाउन सफल भए । 

यस्तै, आजको दोस्रो खेलमा चन्दननाथ नगरपालिका वडा नम्बर १० 'ए' टिमले चन्दननाथ नगरपालिका वडा नम्बर १ 'बि' टिमलाई ६ - ० गोलको भारी अन्तरले पराजित गर्न सफल भयो । उसको लागी सङ्गम शाहीले प्रतियोगिताकै पहिलो ह्याट्रीक गरे । भने, शिखर शाही, टासी गिरि र उत्तम खत्रीले एकएक गोल गरे । 

आजै भएको अर्को प्री-क्वाटरफाइनलमा चन्दननाथ नगरपालिका ५ 'बि'ले  गुठिचौर गाउँपालिका ३ 'ए'लाई ३ - २ गोलले पराजित गर्यो । खेलको पहिलो हाफमा गुठिचौरको लागी सुरेश बुढा र तिर्थ भण्डारीले एकएक गोल गर्दै टिमलाई सहज जिततर्फ अगाडि बढाएका थिए । तर दोस्रो हाफमा चन्दननाथ ५ ले तीन गोल फर्काउदै रोमाञ्चक जित निकाल्यो । उसको लागी सुनिल थापामगर, ध्रुव जङ्ग शाह र सौगात भण्डारीले एकएक गोल गरे । तेस्रो गोलमा केही विवाद हुँदा झन्डै एक घण्टा खेल रोकिन पुगेको थियो । 

प्रतियोगितामा जुम्ला जिल्ला फुटबल संघको प्राविधिक सहयोग र चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा टुडिखेल खेल मैदानमा सञ्चालन भइरहेको छ । यो जुम्ला जिल्लामै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता हो । जसको पुरस्कार राशि एक लाख माथी छ । 

यस प्रतियोगिताको मिडिया पार्टनरको रूपमा नासो मिडिया रहेको छ । खेल अवधिभर खेलका प्रत्येक अपडेटका लागी नासो मिडियाको आधिकारिक फेसबुक पेज लाइक र फलो गर्नुहोला ।

प्रतिक्रिया