१० माघ, जुम्ला । जुम्लामा एकाबिहानै देखी हिमपात हुन थालेको छ । यो वर्ष ढिलो गरेर हिउँ पर्न थालेको हो ।
कर्णाली प्रदेशका अन्य हिमाली जिल्लाहरूमा केही दिन अघिदेखि नै हिउँ परेपनी जुम्लामा पुसको दोस्रो सातासम्म कुर्नुपरेको हो ।
लामो समय हिउँ नपर्दा हिउँदे बाली सुक्ने अवस्थामा रहेका थिए । अब हिउँ परेपछि किसानलाई ठूलो राहत भएको छ ।
हिउँ परेपछि स्थानीय सँगै आन्तरिक पर्यटक पनि खुशी भएका छन् ।