२०७९ साल जेठ ७ गते शनिवार

हुड्केली गीत बाट कर्णाली चिनाउदै गायक तीर्थ परियार

मान बहादुुर कुँवर

स्याउ पाके ल्याई आउली कुम्ला

घुम्न आउनु मेरा जुम्ला 

यो कर्णाली क्षेत्रमा लोकप्रीय हुड्केली गीतको अंश हो । एक वर्ष अघि जुम्लाका गाएक तीर्थ परियारले ‘स्याउ पाके ल्याई आउली कुम्ला’ बोलको गीत बजारमा ल्याए । पञ्चेबाजा बजाउदै गाईने हुड्क्यौली गीत लोपउन्मुख अवश्थामा पुगेको बेला गायिका रेखा जोसि र तीर्थ परियारको स्वरमा बजारमा आएको थियो । गीतमा जुम्लाको प्राकृतिक, साँस्कृतिक र भौगोलिक विशेषतालाई वर्णन गरिएको छ । 

स्याउ, नस्पती, आखेर आरु फल्दछन्, जुम्लामा

हेरी आउली, घुमी आउली, ल्याई आउली कुम्लामा

हुड्को नेपाली लोकबाजा हो । यो मध्यपश्चिममा न्वारन, वर्तबन्ध, विवाह, जस्ता उत्सवमा खुसियाली मनाउदै हुड्केली गीत गाउने र नाच्ने परम्परा छ । पहिलो हुड्केली गीतमा आफै शब्द संगीत भरेका तिर्थ परियार अहिले दोस्रो एल्बम को तयारीमा रहेको बताउन्छन् । मध्यपश्चिममा लोकप्रीय नाच बाह्य सँस्कृतीको हस्तक्षेप बढ्दा छाँयामा पर्न थालेको छ । हुड्केली गीत मार्फत पौराणिक कथाहरु, सामाजिक विषय बस्तु, माया, प्रेम आदीलाई केन्द्रमा राखेर सुनाउने गरिन्छ । गाएन क्षेत्रबाट जुम्ला चिनाउन हिंडेका गाएक तीर्थ परियार आफूलाई संघर्षको अर्को नाम भन्न रुचाउन्छन् । 

‘पहिलो गीत रेकर्ड गर्न आर्थिक संकटको सामाना गर्न भारी समेत बोकेको छ, हराउदै गएको हुड्केली गीत संरक्षण गर्नका निम्ति आफूलाई संगीतमै सर्मपण गरेको छु ।’ उनले राजधानी सँग भने । अहिले काठमाण्डौ रहेका तिर्थ परियारले दोस्रो गीत सार्वजनिक गर्न लागिएको बताए । एक हातले डमरु आकारको हुड्कोलाई लाई समातेर अर्को हातले बजाउदै गाईने हुड्केली गीत अहिले सामाजिक संजाल टिकटकमा निकै रुचाईएको समेत गाएक परियारले बताए । 

‘पहिले कलाकार बन्छु भनेर सुनाउदा कसैले पत्याउदैनथे,अहिले टिकटक,युट्युव लगाएतका प्लेटफर्म ले गुमनाममा रहेका प्रतिभाले मौलाउने अवशर पाएका छन् ।’ उनले भने । कर्णालीमा सँस्कृतीको मौलिक पक्ष मानिने हुड्केली गीत संरक्षण गर्नु नै आफ्नो मुख्य योजना रहेको उनि बताउन्छन् । 

प्रतिक्रिया