२०८१ साल चैत १० गते सोमबार

जुम्लामा हुने प्रदेश स्तरीय रेफ्री तालिम फागुन २० गतेदेखि


३ फागुन, जुम्ला । जुम्ला जिल्लामा आयोजना हुने भनिएको कर्णाली प्रदेश स्तरीय फुटबल रेफ्री तालिमको मिति सरेको जुम्ला जिल्ला फुटबल संघले जानकारी दिएको छ । यसअघि फागुन १० देखि १४ गतेसम्म आयोजना हुने भनिएको रेफ्री तालिम फागुन २० गतेदेखि २६ गतेसम्म हुने भएको हो । 

जुम्ला जिल्ला फुटबल संघले आज एक सूचना जारी गर्दै मिति परिवर्तन भएको बारे जानकारी दिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री प्रशिक्षकको तालिका सँग जुधेकोले यसअघि नै घोषणा भइसकेको मितिमा हेरेफेर गर्नुपरेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले नासोलाई बताए । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिम आयोजना गरिएको र यसले समग्र कर्णाली प्रदेशकै फुटबल विकासमा सहयोग पुग्ने महासचिव हमालको भनाइ रहेको छ । 


तालिममा सहभागी हुन प्रत्येक जिल्ला बाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति या फुटबल संघले सिफारिस गरि फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने छ । तालिममा सहभागी हुन जिल्ला खेलकुद विकास समिति अथवा सम्बन्धित जिल्लाको फुटबल संघको लेटर प्याडमा सहभागीको नामावली, ठेगाना र तालिममा सहभागी हुन पाउ भनी लेखिएको पत्र सहित सहभागीको परिचय खुल्ने कुनै परिचयपत्रको प्रतिलिपी संघको इमेल footballsangh.jumla2069@gmail.com मा फागुन १० गते दिउँसो चार बजेसम्म पठाइसक्नुपर्ने छ । 

प्रतिक्रिया