२०८० साल मङ्सिर २२ गते शुक्रबार

वडा कप २०८०: आयोजक सहित, चन्दननाथ - ९ र कनकासुन्दरी - १ क्वाटरफाइनल प्रवेश


१५ कार्तिक, जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा जुम्लामा जारी वडा कप फुटबल प्रतियोगितामा आज देखी प्री-क्वाटरफाइनलका खेल सुरु भएका छन् । 

आज सम्पन्न तीन ओटा क्वाटरफाइनल बाट आयोजकको टिम चन्दननाथ नगरपालिका - ४ 'बि'को 'बि', चन्दननाथ नगरपालिका - ९ 'ए' र कनकासुन्दरी गाउँपालिका - १ 'ए' क्वाटरफाइनल प्रवेश गरेका छन् ।

आज प्री-क्वाटरफाइनलको पहिलो खेलमा चन्दननाथ नगरपालिका - ९ 'ए' ले चन्दननाथ नगरपालिका - ३ 'बि' लाई २ - ० गोल अन्तरले पराजित हर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भयो । 

यस्तै, आजको दोस्रो प्री-क्वाटरफाइनल आयोजक चन्दननाथ नगरपालिका - ४ 'बि' ले चन्दननाथ - ५ भेट्रान लाई ५ - ० गोल अन्तरले पराजित गर्यो । उसको लागी कप्तान दिपेन्द्र विक्रम हमालले २, नवीन शाहीले १, नवीन शाहीले १, प्रनिल देवकोटाले १ र उमेश रोकायाले १ गोल गरे । प्रतियोगिताकै उच्च गोल नै यो हो । 

आज भएको अन्तिम प्री-क्वाटरफाइनलमा कनकासुन्दरी गाउँपालिका - १ 'ए' ले तातोपानी गाउँपालिका - ६ 'ए' लाई पेनाल्टीमा ५ - ३ गोलले पराजित गर्न सफल भयो । निर्धारित समय १/१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । 

साथै आज भएको पहिलो चरणको खेलमा चन्दननाथ नगरपालिका -२ 'ए' ले चन्दननाथ नगरपालिका - ७ 'ए'लाई २ - १ ले पराजित गर्यो । उसको लागी पारस भण्डारीले १, नवीन बुढ्थापाले १ गोल गरे । चन्दननाथ ७ को लागी गोबि महतले अन्तिम समयमा एक गोल फर्काएका थिए । 

प्रतियोगितामा जुम्ला जिल्ला फुटबल संघको प्राविधिक सहयोग र चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा टुडिखेल खेल मैदानमा सञ्चालन भइरहेको छ । यो जुम्ला जिल्लामै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता हो । जसको पुरस्कार राशि एक लाख माथी छ । 

यस प्रतियोगिताको मिडिया पार्टनरको रूपमा नासो मिडिया रहेको छ । खेल अवधिभर खेलका प्रत्येक अपडेटका लागी नासो मिडियाको आधिकारिक फेसबुक पेज लाइक र फलो गर्नुहोला ।

फोटो : सरोज शाही 

प्रतिक्रिया