२०७९ साल मङ्सिर १४ गते बुधबार

बाबुरामले दर्ता गराए नयाँ दल, चुनाव चिन्ह पनि आँखा


१३ साउन, जुम्ला । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका डा. बाबुराम भट्टराईले नयाँ दल दर्ता गराएका छन् ।

उनले बिहिवार निर्वाचन आयोगमा गएर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइएको उनीनिकट स्रोतले जनाएको छ ।

जसपाको संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले पार्टीमा विवाद भइपछि नयाँ दल खोल्ने तयारी गरेका थिए ।

नयाँ पार्टीको चुनाव चिन्ह पनि आँखा हुने भएको छ । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

प्रतिक्रिया