२०८१ साल ब‌ैशाख ६ गते बिहिबार

कर्णाली सरकारमा सहभागिता बारे निर्णय गर्ने अधिकार यामलाल कंडेललाई


२६ पुस, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिता बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कंडेललाई दिएको छ ।

एमाले सांसद टेकराज पछाईका अनुसार झण्डै तीन घण्टाभन्दा लामो सयम चलेको उक्त वैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको हो ।

सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो ।

प्रतिक्रिया