२०७९ साल चैत १२ गते अाईतबार

राष्ट्रपतिले लुगामै पिसाब फेरेको भिडियो भाइरल, पत्रकार पक्राउ


२६ पुस, एजेन्सी । साउथ अथवा दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले आफ्नै पाइन्टमा पिसाब फेरेको भिडियो प्रसारणको विषयमा ६ जना पत्रकारहरूलाई पक्राउ गरिएको मिडिया अधिकारकर्मी समूहले बताएका छन् ।

डिसेम्बर महिनामा सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा राष्ट्रपति किरले एक समारोहमा राष्ट्रिय गान बज्दै गर्दा शरीर मै पिसाब गरिरहेको देखिएको थियो ।

त्यस विषयमा गत हप्ता राज्य प्रसारकका ६ जना कर्मचारीलाई हिरासतमा राखिएको हो । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिले उनीहरूको रिहाइको माग गरेको छ ।

साउथ सुडान युनियन अफ जर्नलिस्टका अध्यक्ष प्याट्रिक ओएटले पत्रकारहरूलाई राष्ट्रपति आफैले पिसाब गरेको भिडियो कसरी बाहिर आयो भन्ने बारे जानकारी भएको शङ्का गरिएको रोयटर्सलाई बताएका छन् ।

साउथ सुडान ब्रोडकास्टिङ कर्पोरेसनले उक्त फुटेज कहिल्यै प्रसारण नभएको बताएको छ।

यो गिरफ्तार 'अधिकारीहरूले कभरेजलाई प्रतिकूल ठान्दा सुरक्षाकर्मीहरूले मनमानी नजरबन्दमा राख्ने ढाँचासँग मेल खान्छ', भन्दै सीपीजेको उप सहारा अफ्रिका प्रतिनिधि मुथोकी मुमोले उनीहरूको बिना शर्त रिहाइको लागि आह्वान गरेका छन् ।

दक्षिण सुडानका सूचना मन्त्री माइकल माकुईले भ्वाइस अफ अमेरिका रेडियोलाई पत्रकारहरूलाई किन हिरासतमा लिइयो भन्ने जान्न मानिसहरूले पर्खनु पर्ने बताएका छन् ।

७१ वर्षीय राष्ट्रपती कीर सन् २०११ मा अफ्रिकाको सबैभन्दा नयाँ देश दक्षिण सुडानका पहिलो राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया