२०७९ साल असोज १३ गते बिहिबार

कुहिने फलफुललाई आम्दानीको स्रोत बनाउने सम्बन्धि किर्डाकको दस दिने तालिम


५ साउन, जुम्ला । तातोपानी गाउँ पालिकाका स्थानियलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । बुधबार तातोपानीको रिभर साइड होटेलमा उक्त तालिमको उद्घाटन गरिएको छ ।

जुम्लाका अर्गानिक स्याउ तथा अन्य फलफुल कुहिएर खेर जाने हुँदा यस्ता फलफूल कुहिएर खेर जान नदिन उक्त तालिमको आयोजना गरिएको आयोजक किर्डाक नेपाल जुम्लाले जनाएको छ । तालिममा कच्चा एवम् खिएर सडेगलेका स्याउ तथा अन्य फलफुलहरुको सदुपयोग गर्नेमा सिकाइने छ । 

यसका लागी स्याउ बाट विभिन्न परिकार बनाउन, जुस, साइटर जस्ता पेय पदार्थ बनाउन सकिन्छ सिकाइने किर्डाक नेपालकी फिल्ड अफिसर सरु महतले बताइन् । उनका अनुसार तालिम पछि कृषकहरूले यसलाई व्यवसायको रूपमा सुरु गरि आम्दानी गर्न सकिने छ । यस्तै, तालिमका मुख्य प्रशिक्षक हिरा बहादुर शाहीका अनुसार कुहिएर काम नलाग्ने फलफुललाई पनि आम्दानीको रूपमा लिने सकिने बताए ।  

कार्यक्रका प्रमुख अथिती तातोपानी गाउँपालिका  उपाध्यक्ष  रिउती रावतले क्षमता अभिवृद्धि तालिमको आयोजना गर्ने  किर्डाक नेपाललाई विषेश धन्यवाद दिनुभयो । यस प्रकारका तालिमले बेरोजगारी दरलाई घटाउनुको साथै पालिकाको आम्दानीमा टेवा पुग्ने बताउनुभयो । उहाले भन्नुभयो, "यो तालिमले पालिकालाई समृद्ध बनाउन मद्दत गर्नेछ, प्रत्येक नागरिकको आयस्रोतमा ठूलो योगदान दिने छ । त्यसैले तालिमलाई उपयोगी बनाउन आग्रह गर्दछु ।" 

तालिममा तातोपानी गाउँपालिकाका ३० जनाको सहभागी रहेको छ । तालिम वल्ड भिजन नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको आयोजनामा दस दिन सम्म चल्ने छ । 

प्रतिक्रिया