२०७९ साल माघ १५ गते अाईतबार

समानुपातिक अपडेटः एमालेको अग्रता कायमै


१२ मंसिर, जुम्ला । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ । 

कांग्रेसले लगातार रुपमा एमाललेलाई पछ्याईरहेको छ । कांग्रेस दोस्रो स्थानमा छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ । माओवादी अहिले चौथो स्थानमा झरेको छ।

अहिलेसम्म नेकपा एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाएको छ।

तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७ सय ५८ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ५६ हजार २ सय ७० मत परेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६ सय ३९, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४ सय ६८, जनमत पार्टीले २ लाख ५६ हजार ४६ र नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार २ सय ९२ मत प्राप्त गरेका छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत कटाउँदा लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार मत ल्याएको छ।

प्रतिक्रिया