२०८१ साल जेठ ५ गते शनिवार

जडिबुटी खेतीले गाउँमै रोजगारि, घरघरमा आम्दानी

चारैतिर हरियाली वातावरण, बिचमा कचौरा आकारको चौर अनि त्यहि चौरमा केहि युवाहरुले जडिबुटीको बीउ सँकलन गरिरहेका थिए । सबैको अनुहारमा एक खालको चमक थियो  । भन्दै थिए, ‘अब हाम्रा दुखका दिन गए ।’  उनीहरू लोप हुदै गएको जडिबुटी अत्तिसको बीउ सँकलन गरिरहेका थिए । सिँजा गाउँपालिका वडा नम्वर छ जोडुका ६ जना युवा मिलेर माझ खर्क जँगलको बिचमा तत्तिस खेति थालेको ३ वष पुगेको रहेछ । बीउ सँकलन गरिरहेका सबै युवाको एउटै भविष्यवाणी थियो– यो वर्ष आम्दानी तेब्बर हुन्छ । टोलीकोे अगुवाइ गरिरहेका लाल बहादुर बुढाले भने, ‘गत वर्ष अत्तिस को बीउ बेचेरै ६ लाख कमाई भयो, यो साल अत्तिसको बीउ, जरा, अक्करकाँडा बाट १८ लाख सम्म कमाई हुने अनुमान छ ं ।’ अत्तिसको बीउ प्रतिकिलो ५० हजार र जरा २ हजारमा विक्रि हुने गरेको उनले बताए । पहिले भारतका गल्लि गल्लिमा घुम्ती व्यापामा निस्कने उनिहरु तिन वर्षयता जडिबुटी खेतिलाई आम्दानीको स्रोत बनाईरहेका छन् । माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमिनमा जडिबुटी खेति गरिएकोे अर्का युवा नविन बुढाले बताए । लोपहुदै गएका जडिबुटिहरु अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नईनो, पाँचऔले, पदमचाल, बायजडि लगाएत गरि २६ प्रजातिका जडिबुटि लगाइएको उनले जानकारि दिए । उनकानुसार अहिले सबै भन्दा बढि अत्तिसको बीउ माग भईरहेको छ । गत वर्ष अत्तिसको बीउ बाट मात्रै ४ लाख आम्दानी भएको थियो भने यसको जरा र अन्य जडिबुटि बाट २ लाख आम्दानी भएको थियो । उनि हँसिलो मुद्रामा भन्छन्, ‘दिन फेरिए, समय फेरियो, पहिले नुन, तेल र खाद्यान्न कसरि जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानी कसरि बढाउने भन्ने मै ध्यान छ ।’ जुम्ला बहुमूल्य जडिबुटीको खानी भएकोले जटिबुटीजन्य उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन कायापलट हुने उनको बुझाई छ । अहिले जडिबुटि खेतीकै कारण उनिहरु उन्नतिको बाटोमा छन् । पहिले काला पहाडमा दिन भर भारि बोक्दा मुस्किलले ५०० कमाई गर्ने युवा मुनबहादुर बुढा गाउँमै बसि जटिबुटि खेति थालेपछि खुसि छन् । लोपहुदै गएका जडिबुटिको सँरक्षण पनि हुने , आम्दानी पनि हुने उनले बताए । गाउँमै कामथाले पछि परिवारको रेखदेख भएको उनले सुनाए । गोडमेलको गर्ने समयमा जोडु गाउँका सबै स्थानीय ज्यालमा काम गर्न जान्छन् । उनिहरुको जडिबुटि खेतिलाई गाउँपालिकाले पनि सघाएको छ । जडिबुटि फर्म गाउँ देखि टाढा भएकोले दैनिक आवत आजत गर्न कठिनाई हुन्थ्यो । तर गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाको १० लाख बजेटमा बस्ने घर निर्माण भएको छ । पाटनको नजिकै भएकोले उनिहरुले ३० घार जति मौरि समेत पालेका छन् । मौरि लाई चाहिने फुल पर्याप्त हुने भएकोले घार हरु थपिएको युवा धर्मचन्द्र बुढाले बताएका छन् । ‘ सुरुमा ६ वटा घार थिए, मह उत्पादन राम्रो भएपछि २४ घार थपेका छौँ ।’ मौरि लाई चरणको लागि उपयुक्त वातावरण देखिएपछि जडिबुटि खेति सँगै मौरि पालन गरिएको उनले बताए ।    


 

 

प्रतिक्रिया