२०७९ साल मङ्सिर १४ गते बुधबार

जुम्लाका व्यापारीको नेपालगन्जमा शव फेला

२४ पुस, बाँके । शुक्रबार साँझपख नेपालगन्ज–१८, लग्दहवामा जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव फेला परेको छ । मृतकको निधारमा थोरै रगत आए र घाटीमा पनि थोरै कोरिएकोे दाग भएको हुँदा लोकप्रसादको हत्या भएको उनका आफन्तहरुले दाबी गरेका छन् ।

सामान्य चोट देखिएपछि प्रहरीले हत्या भएको हुन सक्ने आँकलन गरेको छ । लग्दहवा सडक अन्तर्गत आँप बगैचाभन्दा दक्षिणतर्फ खेतमा उनको शव भेटिएपछि स्थानीयले शुक्रबार करिब ५ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।


बिहीबार साँझ हत्या भएको हुन सक्ने प्रहरीले अनुमान बताएको छ । मृत भेटिएका न्यौपानेको साथमा अन्य व्यक्तिगत कागजात पनि फेला हुँदा उनी आलु व्यापारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया