२०८१ साल ब‌ैशाख २० गते बिहिबार

म हाइड्रोजन गाडी चढ्ने तयारीमा छुः प्रचण्ड


२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू छिट्टै हाइड्रोजन इन्धनबाट चल्ने गाडीमा चढ्ने तयारीमा रहेको बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको विश्व हरित हरित ऊर्जा (ग्रिन इनर्जी) बाट ग्रिन हाइड्रोजनतर्फ लम्किएको भन्दै त्यसैलाई आत्मसात गर्न आफू हाइड्रोजन गाडीमा चढ्ने तयारीमा रहेको बताएका हुन् ।

"ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनमा जाने नयाँ युगतिर अब विश्व जाँदैछ," उनले भने, "यो ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजन बनाउने सबैभन्दा उपयुक्त अवसर हो ।"

"म प्रधानमन्त्री बन्दै गर्दा मलाई विद्युत प्राधिकरणका एमडी कुलमानजीले अब तपाईंले प्रधानमन्त्रीको रूपमा पेट्रोल र डिजेलको गाडी चढ्ने होइन हाइड्रोजन गाडी चढ्न पर्‍यो भन्नुभयो । हामीले प्रधानमन्त्री कार्यालयमा यसबारे छलफल गरेका थियौं । म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु । ताकि अब हामी ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतिर जान सकियोस्," उनले अगाडि भने ।

प्रतिक्रिया