२८ असोज, जुम्ला । वर्ल्ड भिजनको आर्थिक अहयोग , किर्डाक नेपाल जुम्लाको आयोजनामा सामुदायिक सहभागिता तथा बाल इस्पोन्सरसिप परियोजना र एकीकृत पोषण तथा उत्थानसिल जिविकोपार्जन परियोजनानाको पालिका स्तरिय परिचयात्मक गोष्ठी सम्पन भएको छ । सोमबार जिल्लाको होटल दौतरिमा जुम्लाका उपप्रमुख रामदेबि खड्का सहित अन्य विभिन्न महत्वपुर्ण ब्यक्तिहरुको उपस्तिथिमा उक्त परिचयात्म कार्यक्रम सम्पन्न भएको हो ।
किर्डाक नेपालद्वारा संचालित एकीकृत पोषण तथा उत्थानसिल जिविकोपार्जन र बाल संरक्षण कार्यक्रम जुम्लाले यो आर्थिक बर्षभरिमा आफुले गर्ने गतिविधिहरुको जानकारी गराएको हो । उक्त कार्यक्रम अनुरुप जिल्लाका सम्पुर्ण गाउँपालिकाका विभिन्न वडाहरुमा द्रुतगतिमा कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम प्रशिक्षक श्री भण्डारीले बताए ।
सोही नगरपालिका स्तरीय परिचयात्मक कार्यक्रममा बोल्दै किर्डाक नेपालका फिल्ड अफिसर पुङ्केश्वर भामले बिशेष गरि कुपोषण भएका बालबालिकाहरुलाइ सुपोषित बनाउने, बाल समृद्धिको अवस्थामा सुधार ल्याउनको लागि समुदायका बालबालिकाहरुलाई सुरक्षीत तथा सशक्त नेतृत्व विकास गर्ने तथा विद्यालय र समुदायलाई बालमैत्री स्थानिय शासन घोषणामा सहयोग गर्नु यस कार्यक्रमको मुख उदश्ये रहेको जनाए ।
उक्त कार्यक्रम जिल्लाको नगरपाललिका भित्रका वडा नम्बर १,२,३,४,८,९,र१० मा सञ्चालन हुनेगरेको छ । त्यस्तै पातारासी गाउपालिकाको विभिन्न वडा गरि जम्मा चार वटा वडा, गुठिचौर गाउपालिकाका दुई वटा वडा , तातोपानी गाउपालिकाका पाँच वडा र तिलागाउपालिकाका आठ वटा वडाहरुमा सञ्चालन हुने गरेको आयोजकले बताएको छ ।
यस कार्यक्रमले बिशेष गरि पोषण तथा खाध्य सुरक्षामा जोड, दिगोपनका लागि सामुदायिक स्वामित्वमा जोड साथै जलवायु मैत्री कृषक पाठशाला स्थापनामा जोड, बजार व्यवस्थापनमा जोड र दर्ता बालबालिकाहरुको सीप तथा नेतृत्व विकासमा जोड दिनु रहेको छ ।
यस कार्यक्रम अन्तर्गत छात्रवृत्ति, औषधि उपचार प्रदान गर्ने, प्रत्यक्ष आर्थिक सहयोग गर्ने तथा दाताले बालबालिकालाई अङ्गिकार गर्ने जस्ता कुरा नपर्ने किर्डाक जुम्लाका फिल्ड अफिसर पुङ्ग्केश्वर भामले बताए ।