१३ असोज, जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार राती गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ०३००१ ख २१६४ नम्बरको ट्रक हिमा गाउँपालिका-१, आचार्यलिहिमा दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुर निवासी चालक अविनाश लामाको निधन भएको हो । भने, सहचालक मकवानपुरकै हरि न्यौपाने घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि घाईतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारको लागी रेफर गरिएको छ ।
नाग्म गमगडि राजमार्ग अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्र (बझाङे खोला) नजिकै अत्यधिक दुर्घटना हुने गरेको छ । यसअघि उक्त क्षेत्रमा दुईवटा दुर्घटना भइसकेका छन् ।