२०७९ साल असोज १३ गते बिहिबार

विश्वकै अग्लो स्थान छुम ज्युलोमा धुमधामले रोपियो मार्सी धान


१६ जेठ, जुम्ला ।  विश्वकै अग्लो स्थान हिमाली जिल्ला जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा सुधारीएको कालीमार्सी धान रोपीएको छ । २८ सय मिटर अग्लो स्थानमा रहेको तथा गिनिजबुकमा रेकडेट छुमचौर ज्युलोमा ८ प्रकारका कालीमार्सी धानको बिउ आईतबारका दिनमा एक कार्यक्रम गरी रोपीएको हो । 

कालीमार्सी धान संरक्षण तथा प्रवर्द्धनकर्ता स्थानीय कलिमान महताराका अनुसार २०१९ सालमा जग्गा दर्ता गरी २०२१ सालदेखि रोपाई सुरु गरिएको बताए । उनका अनुसार करिब एक दशक जति धान रोपाई भएन अहिले एक दुई साल भयो रोपाई सुरु भएको छ । 

पहिले बल बहादुर महताराका पालामा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बेर्ना अर्थात बिउ ल्याएर यस छुमचौर ज्युलोमा रोपाई सुरु भएको हो । तर पछि धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाई सुविधा नभएको र धान रोपाई हुने सिजन र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै धान रोपाई गर्न छोडिएको स्थानीय महताराको भनाइ छ ।

महताराका अनुसार विश्वको अग्लो ठाउँमा धान फल्ने ठाउँको महत्वका विषयमा पनि स्थानीयमा बुझाईको कमी रहेकोले पनि यो खेती हराउदै गएको थियो । तर, कालीमार्सी धानको महत्वको विषयमा बुझ्दै गएपछि अहिले दुई सय रोपनी खेतमा धान लगाइएको हो । कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि बिकास कार्यालय जुम्लाको समन्वयमा पातारासीको छुमचौरको ज्युलोमा ८ किसीमको धानको बिउ खेतमा रोपाई गरिएको कृषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक रेशम बाबु अमगाईले जानकारी दिए ।

उनका अनुसार विश्वको अग्लो स्थान छुमचौर ज्युलोमा धान फल्ने कुराले संसारको ध्यान केन्द्रीत गरेको छ । यो ठाउँको नाम गिनिजबुकमा पनि रेकड रहेको छ । गत बर्षमा कारोनाका कारणले धान रोपाई हुन नसकेको बताउँदै उनले यस पटक धुमधामका साथ धान रोपिएको बताए ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशवहादुर अधिकारीले विश्वको अग्लो स्थानमा धान रोपाई हुनु जुम्लाको लागि गौरवको कुरा भएको बताए । उनका अनुसार छुमचौर ज्युलोमा फल्ने कालिमार्सि चामललाई विश्वका ठुला शहरमा पठाउने वातावारण बनाउनु पर्नेमा जोड दिएका छन् ।

फोटो: कालिबहादुर परियार

प्रतिक्रिया