२०८० साल चैत १६ गते शुक्रबार

समानुपातिकतर्फ ८७ लाख मत गन्दा कुन पाटीको कति मत?


११ मंसिर, जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न ३ बजेसम्म कूल ८७ लाख १ हजार ९९९ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा(एमाले)ले २३ लाख ९१ हजार ७७८ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६९० मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ९९ हजार ८९० मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ५८ हजार ७०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ९ हजार ४४२ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले ३ लाख ३३०, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार ३५९ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख ३५ हजार ८०१, नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार ५०८, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २२ हजार ६३६ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ४९७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया