२०७९ साल असोज १३ गते बिहिबार

स्थानीय रैथाने बालीको विश्व बजारीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न


१५ चैत, जुम्ला । स्थानीय रैथाने बालिको प्रवर्द्धन र संरक्षण गर्न नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरक्रिया कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघको हलमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा विषेश गरि स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालिहरुको संरक्षण र उचित मुल्य लगायतका विषयमा छलफल  भएको थियो । 

जुम्लामा अर्गानिक उत्पादन सँगै भौगोलिक हिसाबले पनि हरेक कुराहरुको भरपुर सम्भावना रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह - सचीव गोबिन्द बहादुर कार्कीले बताउनुभयो । समग्रमा नेपालको रैथाने बालिहरुले अन्तरास्ट्रिय उत्पादन संग प्रतिस्पर्धा गर्न नसक्ने हुदा कम मुल्यमा बिक्री भइरहेको उहाँको भनाइ छ । विशेष गरि प्राकृति सौन्दर्यका साथै भौगोलिक क्षेत्रका हिसाबले पनि उत्तिकै राम्रो जुम्लाको अर्गानिक उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय व्यापार तथा प्रणाली लाई ब्यवस्थीत, नियमित र थप प्रभावकारी  बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गररिएको नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोबिन्द्र बहादुर कार्कीले जानकारी दिनुु भयो । उहाँका अनुसार स्वदेशी उत्पादनको आयदर घट्दा स्थानीय उप्पादनमा पनि कमी आउने बताउनु भयो । पर्यटक घटेका कारणले पनि उत्पादन लगाएत मुद्धतीमा घटबट भएको बताउनु भयो ।

मन्त्रालयका सहसचिव कार्कीका अनुसार बिश्व ब्यापारको झण्डै ९७ प्रतिशत हिस्सा बिश्व व्यापार संगठनको सिद्धान्त र संगठनको बमोजीम हुने उहाँको भनाइ रहेको छ । हाल बिश्वभर १ सय ६४ वटा मुलुकहरु सदस्य रहेको बताउनु भयो । उहाँका अनुसार नेपालले सन् १९८९ मा बिश्व ब्यापार संगठनको सदस्यका लागी आवेदन पेश गरेकोमा सन् २००४ मा सदस्यताका रुपमा मान्याता पाएको बताउनु भयो ।

वरिष्ठ कृषक रामकृष्ण बुढ्थापाका अनुसार  यहाको रैथाने बालि फापर, कोदो, मकै, जौ, सिमि लगायतका थुप्रै अर्गानिक उत्पादन पछिल्लो समयमा झन लोप हुँदै गैइरहेको छ । उहाँले भन्नुभयो, "जुम्लामा कृषि क्षेत्रमा लाग्ने मान्छेहरुको संख्या पनि घट्दै गइरहेको छ । उत्पादनमा पनि कमि आएको र यहाँको उत्पादनजन्य बस्तुहरुले मुल्य नपाउनुमा जुम्लामा दक्ष जनशक्तिको अभाव भएको बुढ्थापाको बुझाइ छ ।


त्यस्तै कार्यक्रममा सहभागी जुम्ला एग्रोफर्म प्रा. लि. का सञ्चालक लोकदर्शन श्रेष्ठका अनुसार नेपाल सरकारले दक्ष जनशक्ति खटाउन नसक्दा यहाको कृषि क्षेत्र पछाडी परेको छ । सरकारले लगानी गरेर मात्र गरेको तर यस विषयका विविध पक्षमा अनुसन्धान नगरेको हुदा बाली उत्पादनमा कमि आएको उहाँको गुनासो छ । श्रेष्ठले भन्नुभयो, "स्थानीय तहले अनुदानमा दिने हरेक बिउ कतिपय ठाउँमा लगानी नभई कुहिने गरेको छ । त्यसैले बीउ सँगै सीप र दक्ष जनशक्तिको जरुरी भएकोले आगामी दिनमा कृषि क्षेत्रमा दक्ष जनशक्तिको आवश्यक छ ।"

विश्व व्यापार संगठनको स्थानीयकरण तथा निर्यात प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अदिकारी विजया कुमारी प्रसाईंका अनुसार जुम्लामा उत्पादन रैथाने बालिको अन्तरास्ट्रिय बजारीकरण गर्न असम्भव नभएको बताउनुभयो । उहाका अनुसार जुम्लामा कृषिजन्य उत्पादनको लागी अनुकुल वातावरण हुँदा पनि  यहाँको उत्पादनले सोचे जस्तो बजार पाउन नसक्दा अर्गानिक उत्पादनमा ह्रास आएको हो ।                                                            

जुम्लामा भौगोलिक समस्याले आवश्यक भौतिक संरक्षण नबनेको हुँदा यहाको उत्पादन र बजारीकरणमा असर परिरहेको उहाले बताउनुभयो । आगामी दिनमा जुम्लालाई अर्गानिक कृषिमा पकड क्षेत्र बनाउन स्थानीय तहहरुको अहम् भुमिका रहने बताउनुभयो ।

उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष पुरिचन्द्र देबकोटाका अनुसार जुम्लामा करिब दश हजार भन्दा बढी व्यक्तिहरुले प्यान नम्बर लिएका तर व्यापार व्यावसाय केहिपनी नगरेका पाइएको छ । जुम्ला जिल्ला अर्गानिक जिल्ला घोषणा भएको हुँदा यसको लागी सबै अग्रसर हुनुपर्ने अध्यक्ष देवकोटाको भनाइ छ ।

प्रतिक्रिया