२०८२ साल असार २४ गते मङ्गलबार

कन्चन्जङ्घा साहसिक हाल्फ म्याराथनको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङ राईलाई

१७ वैशाख, जुम्ला । कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राईले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जङ्घाको प्रवर्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुका राईले हात पार्नुभएको हो ।

सिरिजङ्घा गाउँपालिकाद्वारा आयोजित जिरिजङ्घा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राईले उपाधी चुम्नुभएको हो । यस्तै जुम्लाका धिरजबहादुर बुढा प्रतियोगितामा दोस्रो बन्नुभएको छ। बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेन्डमा पार गर्दै दोस्रो हुनुभएको म्याराथन व्यवस्थापनका संयोजक निक्की नेम्बाङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दुई घण्टा दस मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिय बन्नुभएको छ ।

प्रतियोगीतामा प्रथम हुनु भएका राईले दुई लाख आठ हजार पाँच सय छयासी रुपियाँ, दोस्रो हुनु भएका बुढाले एक लाख आठ हजार पाँच सय छयासी र तेस्रो हुनुभएका लिम्बूले ५८ हजार पाँच सय छयासी रुपियाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।  यस्तै प्रतियोगीतामा चौथोदेखि दशौं स्थानसम्म आइपुग्ने धाबकलाई नगद आठ हजार पाँच सय छयासी रुपियाँ सहित प्रमाण पत्र प्रदान गारिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबोले जानकारी दिनुभयो ।

प्रतिक्रिया