२०८० साल जेठ १६ गते मङ्गलबार

जुम्लाको योङ्ग स्टार फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्दै


४ असोज, जुम्ला । जुम्ला जिल्ला बाट राईको योङ्ग स्टार फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट फुटबल खेल्ने भएको छ । मंगलबार एन्फा ले सी डिभिजन छनोटको 'टाइसिट ड्र'मा योङ्ग स्टार समूह 'पि' मा परेको छ । 

जुम्ला जिल्ला बाट पहिलोपटक यस्तो प्रतियोगितामा कुनै फुटबल क्लबले भाग लिन लागेको क्लबका अध्यक्ष मदन बुढ्थापाले नासोलाई जानकारी दिए । उनले भने, "सम्पुर्ण कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै जुम्ला जिल्ला बाट हाम्रो क्लबले सि डिभिजन छनौटमा सहभागी भएको हो ।'

सि डिभिजन छनौट बाट 'ए' डिभिजन सम्म पुग्ने लक्ष्य क्लबले राखेको छ । तर अहिले 'सि डिभिजन'मा छनौट हुनु नै पहिलो लक्ष्य रहेको अध्यक्ष मदन बुढ्थापाले बताए । बुढ्थापाका अनुसार जुम्ला बाट काठमाडौं गएर यसखाले ठुला प्रतियोगिता खेल्न सहज भने छैन । 

यस प्रतियोगितामा सहभागी हुन ठुलै आर्थिकको आवश्यक पर्ने र यसका लागी जुम्लाका स्थानिय तहहरु सँग सहयोगको अपिल गरेको भएपनी कुनै तहबाट आर्थिक जुट्न नसकेको अध्यक्ष बुढ्थापाले बताए । जुम्लालाई राष्ट्रियस्तरमा चिनाउन फुटबल खेल माध्यम हुनसक्ने र यसलाई योङ्ग स्टार फुटबल क्लबले प्रतिनिधित्व गरेकोले जुम्लाबाट स्थानीय तह लगायत विभिन्न संघसंस्था र फुटबल प्रेमिलाई आर्थिक सहयोगको लागी क्लबले अपिल समेत गरेको छ ।

गत वर्ष जुम्लामा भएको जिल्लास्तरीय फुटबल लिगको पहिलो सहभागितामै क्लबले अपराजित रहदै उपाधी जितेको थियो । अब पनि क्लबले 'सि डिभिजन' छनौटको लागी जुम्लामा रहेको आफ्नै एकेडेमी बाट खेलाडीहरु सहभागी गराउने अध्यक्ष बुढ्थापाले जनाए । यस्तै, पछिल्लो समय पोखरामा पनि क्लबले आफ्नै एकेडेमी सञ्चालनमा ल्याएको छ ।


छनौट खेलमा योङ्ग स्टारले कार्तिक ३ गते आफ्नो पहिलो खेल छोर्देन फुटबल क्लब सँग खेल्नेछ भने दोस्रो खेल ५ गते बिन्दुकेसरी सँग खेल्नेछ । 

सहिद स्मारक सी डिभिजनमा ६० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । छनोटका खेलहरु असोज ६ गते बिहीबारदेखि  कात्तिक २४ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ । योङ्ग स्टार फुटबल क्लब बिन्दुजेशरी युथ क्लब र छोर्देन फुटबल क्लब सँगै समूह 'पि' मा परेको छ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् ।

 नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ । दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।  र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।

प्रतिक्रिया