२०८१ साल ब‌ैशाख ८ गते शनिवार

घरेलु मैदानमा पीएसजी बराबरीमा रोकियो


२६ वैशाख, जुम्ला । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । 

घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।​ फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै च्याम्पियन पीएसजीले ३६ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा छ ।​ ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा छ ।

प्रतिक्रिया