२०८० साल मङ्सिर २२ गते शुक्रबार

वडा कप - २०८० को उद्घाटन खेलमा चन्दननाथ नगरपालिका वडा - ५ को विजयी सुरुवात


११ कार्तिक, जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नम्बर ४ काे आयाेजनामा आज बाट वडा कप - २०८० सुरु भएकाे छ । एक लाख बढीको पुरस्कार राशि भएको वडा कप आजबाट सुरु भएकाे हाे । 

यस्तै, आज भएको उद्घाटन खेलमा चन्दननाथ नगरपालिका वडा नम्बर - ५ ले आयोजक वडा नम्बर - ४ लाई ३ - २ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । यी दुबै वडाका भेट्रान टिम हुन् । खेलमा पहिलो गोल गर्दै चन्दननाथ नगरपालिका वडा नम्बर ५ का आमोश जङ्ग शाहीले आफ्नो टिमलाई अग्रता दिलाए । गोल खाएको केही समय पछि वडा ४ ले बराबर गोल गर्यो  । उसको लागी सुर्य थापाले उत्कृष्ट गोल गरे । उनले प्रहार गरेको बलले सिधा जाली चुमेको थियो । 

त्यस लगत्तै वडा ४ ले पेनाल्टीको सुनौलो अवसर प्राप्त गरेपनि विपक्षी गोल किपर रोशन श्रेष्ठले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सुरु भए लगत्तै आमोश जङ्ग शाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । तर वडा ४ का कप्तान धर्मदत्त हमालले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । 

खेल बराबरी तर्फ बढिरहेको समयमा वडा ५ को लागी प्रवेश कठायतले टिमको लागी तेस्रो गोल गर्दै सहज जित दिलाए । खेल निकै प्रतिस्पर्धात्मक भएपनी अन्तमा थप गोल नभएपछि वडा ५ विजयी हुन सफल भयो । चन्दननाथ नगरपालिका वडा नम्बर ४ ले पहिलोपटक आयोजना गरेको वडा कपमा कुल ३० टिम सहभागी भएको वडा अध्यक्ष नवराज देवकोटाले बताए । खेल कार्तिक ११ गतेबाट सुरुभएर फाइनल खेल कार्तिक २२ गते सञ्चालन हुनेछ । 

यस प्रतियोगिताको मिडिया पार्टनरको रूपमा नासो मिडिया रहेको छ । खेल अवधिभर खेलका प्रत्येक अपडेटका लागी नासो मिडियाको आधिकारिक फेसबुक पेज लाइक र फलो गर्नुहोला ।

प्रतिक्रिया