२०८० साल जेठ १६ गते मङ्गलबार

युक्रेनमाथि रुसले फेरि प्रहार गर्‍यो ‘हाइपरसोनिक मिसाइल’


६ चैत, एजेन्सी । रुसले युक्रेनमाथि फेरि 'हाइपरसोनिक मिसाइल' प्रहार गरेको छ । रुसको नयाँ ‘किन्जल मिसाइल सिस्टम’ प्रयोग गरी युक्रेनको दक्षिणी क्षेत्रमा रहेका इन्धन भण्डारलाई नष्ट गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

“किन्जल हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र लुब्रिकेन्टहरूको ठुलो भण्डारण स्थललाई नष्ट गर्‍यो,” अधिकारीहरूले भने । रुसी अधिकारीको यस दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।

यसअघि रुसले शुक्रबार युक्रेनको पश्चिममा रहेको हतियार भण्डारस्थल नष्ट गर्न हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो । त्यसको लगत्तै अर्को दिन पनि यस्तै हतियार प्रयोग गरेको हो । 

रुसी अधिकारीहरूका अनुसार किन्जलले दुई हजार किलोमिटर (१४ सय माइल) टाढाको लक्ष्यमा प्रहार गर्न सक्छ भने ६ हजार किलोमिटर (३७२८ माइल) प्रतिघण्टा भन्दा छिटो उड्न सक्छ ।

प्रतिक्रिया