२०७९ साल असोज १३ गते बिहिबार

साठी हजार जनसंख्या रहेको मार्सल आइल्यान्डमा चार हजार कोरोना संक्रमित


२ भदै, माजुरो । प्रशान्त महासागरको विकट क्षेत्रमा रहेको मुलुक मार्सल आइल्यान्डमा अहिले कोभिड–१९ को महामारी फैलिएको छ ।

विगतमा यो मुलुक झण्डै कोरोना मुक्त अवस्थामा थियो । विश्वभरि कोरोना महामारी फैलिरहेको अवस्थामा त्यहाँ केही नगन्य संक्रमणको घटना मात्र देखिएको थियो । 

तर, एकसाता यता करिब ६० हजार जनसंख्या रहेको यहाँ ४ हजार भन्दा बढी व्यक्ति कोभिड–१९ पोजिटिभ भेटिएका छन् । स्वास्थ्य तथा मानव सेवामन्त्री ज्याक निडेन्थलसमेत कोरोना संक्रमित भएका छन् । 

उनले आफ्नो फेसबुक एकाउन्टमार्फत महामारीसम्बन्धी खबर अद्यावधिक गरिरहेका छन् । उनले कुल संक्रमितमध्ये ७५ प्रतिशत राजधानी माजुरोका बासिन्दा रहेको जानकारी दिएका छन् । सयौँ संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमित हुन पुगेका छन् । द न्यूयोर्क टाइम्सबाट । 

प्रतिक्रिया